कीवर्डहरू -

प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त  

प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त  

प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर  दिपेश विष्ट नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले विष्टलाई आईटी विज्ञमा नियुक्त गरेका हुन् ।

उनलाई सह-सचिव सरहको सेवा सुविधा दिने गरी आईटी विज्ञमा नियुक्त गरिएको हो । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य रहेका विष्ट कांग्रेस निकट इञ्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन) का पूर्व महासचिवसमेत हुन् ।

उनले नेपाली कांग्रेसको वेबसाइट बनाउने र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली बनाउनेमा समेत काम गरेका थिए । उनी नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य समेत हुन् ।