कीवर्डहरू -

टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने 

टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने 

नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” कम गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका ( Interconnection Guideline २०७६) अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता ( Domestic Interconnection ) मा उल्लेख गरिएको प्रावधान अनुसार प्राधिकरणले सो कार्य गरेको हो ।

सो अनुसार कम्पनीको तारवाला (एनसेल वा स्मार्ट टेलिकम) फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुने नेपाल टेलिकमले बताएको छ।

साथै, अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

(नोट : माथि उल्लिखित दररेटमा करवापत लागु हुने रकम समावेश गरिएको छैन ।)