कीवर्डहरू -

स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू 

स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू 

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको हो ।

यो व्यवस्थासँगै अब राष्ट्रिय परिचयपत्र बनाउन जिल्लासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ईपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउनेको चाप बढेको थियो ।

हाल काठमाडौंका पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट यो सेवा शुरू गरिएको छ । अरु पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ ।

काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा सुरु भएको छ ।