कीवर्डहरू -

यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज

यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज

अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबाईल फोनको प्रायोगकर्ता बढे सगै मोबाईल एपसहरुको प्रोयोग पनि निकै बढेको छ।

हामीले मोबाईलमा फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक मिडिया एपहरु दैनिक रूपमा चलाईरहेका हुन्छौ । तर आज हामी प्रयोगकर्ता र लोकप्रियताको आधारमा मोबाइलमा हुनुपर्ने ५ नेपाली एपको बारेमा जानकारी दिदैछौं ।

१) हाम्रो पात्रो

हाम्रो पात्रो नेपाली क्यालेन्डर एप हो। यो एपको गुगल प्ले स्टोरमा १० मिलियन भन्दा बदी डाउनलोड रहेको छ। यो एप आईओएस र एन्ड्रोइड दुबैमा उपलब्ध छ। यो एपमा तपाईंले क्यालेन्डर मात्रै नभएर अन्य धेरै कुराहरु पनि गर्न सक्नुहुन्छ।

तपाईंले रासिफल, समाचार, रेडियो एफएम, पोडकास्ट देखी लिएर दैनीक जीवनमा चाहिने विदेशी विनिमय दर, शेयर बजारको मूल्य, तरकारीको मूल्यहरु हेर्न सक्नुहुन्छ। यस एपले हाम्रो हेल्थ ल्याएको छ, जसमा डाक्टरहरुसँग कलमार्फत परामर्श लिन सकिनेछ।

\"\"

यस एपमा ब्लग, साहित्यहरु पनि पढ्न सकिन्छ। अझ इ-कार्ड प्रयोग गरेर तपाईंले उत्सव र चाडपर्वको बेला आफ्नो परिवार र साथीभाइलाई ग्रेटिङ कार्ड पठाउन सक्नुहुन्छ ।

यस एपमा लाईभ कल, कुण्डली, नोट टिपोट, जस्ता अन्य फिचरसहरुको साथै बिभिन्न परोकारहरुको रेसीपि पनि उपलब्ध रहेको छ ।

एक हिसाबले नेपाली संस्कृतिसँग जोडने र नेपाली जीवनशैलीलाई सघाउने धेरैजसो गतिविधिहरुको अल इन वन स्पेस, हाम्रो पात्रोलाई लिन सकिन्छ।

२) इसेवा

इ-सेवा डिजिटल वालेट हो । नेपालको अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न र नगदरहित प्रणालीमा लैजान इ-सेवाको ठुलो योग्दान रहेको छ।

यस एपबाट तपाईंले अनलाइन किनमेल, बिजुलीको बिल, ट्राफिक जरिवाना, स्टक ब्रोकर भुक्तानी देखी लिएर सम्पूर्ण कारोवारहरुको डिजिटल भुक्तानी गर्न सकिनेछ।

\"\"

यस एपको क्युआर कोड स्क्यान गरेर मोबाईलबाटै भुक्तानी गर्न सकिन्छ। तपाईंले जहाँ पनि जादा खेरी केही सामन खरिद गर्दा इसेवाबाट क्युआर कोड स्क्यान गरेर पेमेन्ट गर्न सक्नुहुन्छ । चाहे कुनै किराना पसलमा होस् या कुनै सुपर मार्केटमा, इसेवाको क्युआर कोड प्रयोग गरी सजिलै भुक्तानी गर्न सकिन्छ।

एक प्रकारले इ-सेवाले हाम्रोओ जीवनको सम्पूर्ण कार्य तथा हामीले प्रयोग गर्ने सेवाहरुको भुक्तानी गर्न निकै सहज, सरल र सजिलो वातावरण प्रधान गरेको छ।

३) नागरिक एप

यो एप डिजिटल नेपालको महत्वपूर्ण आधार हो। सम्भब भएसम्मका सबै सर्वाजनिक सेवाहरु एउटै एपबाट दिनेगरी नागरिक एप ल्याइएको हो।

प्राय सरकारी काम र सेवाहरु लिन जादा अनेक झन्झटको सामना गर्नुपर्दछ। तर यस एपले सरकारी सेवाहरु लिन सकेसम्म सरकारी कार्यालय जानै नपर्ने गरी सजिलो बनाउने छ।

\"\"

अब आफ्नो नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र जस्ता कागजात बोकेर हिंड्नु पर्ने समस्या हुनेछैन। तपाईंले अब आफुसँग सम्बन्धित सबै जानकारी, कागजात लागायतका सम्पूर्ण सरकारी विवरणहरु एउटै एपबाट पाउन सक्नुहुन्छ ।

यो एप प्रयोग गर्न पनि एकदम सजिलो छ। तपाईंले आफ्नो नाममा रहेको मोबाईल नम्बर राखेर यो एपमा भएका सुबिधाहरु प्रयोग गर्न सक्नुहुन्छ।

केन्द्रदेखी स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सबै सेवा र सुबिधाहरु यस एपबाट प्रधान गर्न सकिनेछ। यस एपले नागरिकको सहजता बढाउने त छदै छ । साथै भ्रष्टाचार न्युनिकरण गर्नमा पनि ठुलो भूमिका खेल्ने छ।

४) दराज

दराज नेपालको लोकप्रिय अनलाइन शपिङ प्लेटफर्म हो । यसबाट आफुलाई आवश्यक भएको विभिन्न आवश्यक सामान अलाइनबाटै घरमा मगाउन सकिन्छ ।

दराजको मोबाइल एप र वेबसाइटबाट अनलाइन सामान अर्डर गर्न सकिन्छ । अनलाइन अर्डरको भुक्तानी अनलाइनबाट वा क्यास अन डेलिभरीबाट गर्न सकिन्छ ।

\"\"

५) पठाओ

पठाओ राइड सेयरिङ्ग एप हो जसले अन डिमान्ड यातायात र फुड डेलिभरी सेवा प्रधान गर्दछ। यस एपले एक तर्फ सर्वसाधानलाई छिटो र सजिलो यात्राको बिकल्प प्रधान गरेको छ भने अर्कोतर्फ ट्याक्सी ड्राइभर र राइडरहरुलाई रोजगारीको अवसर सिर्जना गरिदिएको छ।

यो एपबाट तपाईंलाई आफ्नो गन्तव्यमा छिटो र सजिलोसँग पुग्न एक्दम उपायोगी हुनेछ। अझ बेलुकातिर सार्वजनिक यातायातहरुमा भिड हुने र सिट पनि नपाईने हुनाले यात्रा गर्न निकै सकस हुन्छ।

यस्तो बेलामा तपाईंले पठाओ बुक गरेर सजिलैसँग आफ्नो घरसम्मै सार्वजनिक यातायातको पिडा भुलेर आरामले यात्रा गर्न सक्नुहुन्छ।

\"\"

यस एपमा तपाईंले आफ्नो गन्तव्य स्थान सेलेक्ट गरेपछी पिकअप रिक्वेस्ट पठाउन सकिनेछ। तपाईंले सवारीको माध्यम बाईक वा ट्याक्सी रोज्न सक्नुहुन्छ।

त्यसपछि पठाओले नजिकै रहेको ड्राइभर लोकट गरेर तपाईंको यात्रा तय गर्दिन्छ। तर त्यसको लागि तपाईं अनलाइन हुनुपर्नेछ, अफलाइनमा यो चलाऊन सकिदैन्।