कीवर्डहरू -

नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने

नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि (आईटी) विज्ञ अनिवार्य नियुक्त गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले एकजना आईटी विज्ञ नियुक्त गर्न सबै जिल्ला पार्टी कार्यालयलाई निर्देशन दिएको हो ।

पार्टी सदस्यता अद्यावधिक गर्न आइटी विज्ञ नियुक्त गर्ने जनाइएको छ । फागुन भित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने योजना एमालेको छ ।