कीवर्डहरू -

साओमी नेपालको नयाँ कन्ट्री महाप्रबन्धकमा पाण्डा, आगामी मार्चदेखि जिम्मेवारी सम्हाल्दै

साओमी नेपालको नयाँ कन्ट्री महाप्रबन्धकमा पाण्डा, आगामी मार्चदेखि जिम्मेवारी सम्हाल्दै

साओमी नेपालका कन्ट्री जेनरल म्यानेजरमा अमित कुमार पाण्डा नियुक्त हुने भएका छन् । उनले आगामी मार्चबाट आफ्नो पदभार सम्हाल्ने भएका छन् ।

अहिलेसम्म सौरभ कोठारीले नै कन्ट्री महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् । कोठारीले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ कन्ट्री महाप्रबन्धक बारेमा जानकारी दिएका हुन् । उनले पनि मार्च देखि साओमीको अर्कै तहको जिम्मेवारी सम्हाल्ने र आफ्नो अहिलेको पदबाट मुक्त हुने जानकारी दिएका हुन् ।

आफ्नो नेतृत्वमा साओमी नेपालकै सर्वाेत्कृष्ट स्मार्टफोन ब्राण्ड बन्न सफल भएको कोठारीको भनाइ छ । गत दुई वर्ष देखि साओमी नेपालको सर्वाेत्कृष्ट स्मार्टफोन ब्राण्ड भईरहेको देख्दा एक्दमै खुशी लागेको उनले बताए ।

साओमीले नेपाली बजारमा विगत वर्षको तुलनामा प्रडक्टको पनि विस्तार गरेको छ, जसमा साओमी स्मार्ट टिभी, एमआई एयर प्युरिफायर थ्री, फिट्नेशब्याण्ड र अरु सामानहरु रहेका छन् ।

कोठारीले यस सफलताको श्रेय आफ्ना २ हजार जना पार्टनरहरुलाई पनि दिएका छन् । पाण्डा विगत सात वर्ष देखि साओमीमा काम गर्दै आएका छन् र उनको नेतृत्वमा कम्पनीको अझै विकास हुने कोठारीको विश्वास छ ।
\"\"