कीवर्डहरू -

जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै

जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै

फेब्रुअरी ८ देखि जिमेलमा वर्कस्पेस प्रयोगकर्ताहरुका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुने भएको छ । प्रयोगकर्ताहरुले यो फिचरलाई डिफल्ट फिचरको रुपमा अप्रिल देखि हेर्न पाउनेछन् ।

जुन देखि यो स्ट्याण्डर्ड एक्सपेरियन्सको रुपमा उपलब्ध हुनेछ, जसले गर्दा प्रयोगकर्ताहरुले पहिलेको भर्सनमा फर्किन पाउँदैनन् । इन्टीग्रेटेड भ्यूले ट्याब स्वीच नगरेरै मेल, च्याट र मिटिङ बिच स्वीच गर्न दिन्छ ।

ईमेल र च्याट सर्च रिजलटलाई एकताबद्ध गरिनेछ । गूगलले नोटिफिकेशनका लागि बबल फिचर ल्याएको हो, जसले गर्दा महत्वपूर्ण विषयहरुलाई सजिलैसँग हेर्न सकिनेछ ।

दोस्रो क्वाटरमा वेबमा आधारित च्याट क्लयान्ट पनि उपलब्ध हुने भएको छ । माइक्रोसफ्ट आउटलुक भन्दा बढी व्यवस्थित देखाउनका लागि पनि गूगलले यो फिचर सार्वजनिक गरेको हो ।