कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्रयानडलियनसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

यो सम्झौतासँगै अब मुक्तिनाथ विकास बैंक ग्राहकहरूले होटेल ड्रयानडलियनमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले होटेल ड्यानडलियनका सेवाहरू जस्तै बसाई, बेड र ब्रेकफास्ट , रेस्टुरेन्ट जस्ता सेवा सुविधाहरूमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।