कीवर्डहरू -

काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी 

काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी 

काठमाडौं महानगरपालिकाले युवा उद्मयमीहरूबाट काठमाडौंको प्रवर्द्धनका लागि इन्नोभेटिभ आईडिया माग गरेको छ ।

महानगरले युएनडीपीसँगको सहकार्यमा ‘केएमसी बिजनेस हबः अर्बन इन्नोभेसन कार्यक्रम’का लागि आवेदन माग गरेको हो ।

महानगरले काठमाडौंको प्रवर्द्धनका लागि पर्यटक तथा सम्पदा, वातावरण, जनस्वास्थ्य र शिक्षामा आफ्नो इन्नोभेटिभ आईडिया माग गरेको छ ।

आवेदन दिनलाई टिममा ३ जना सदस्य हुनुपर्नेछ भने सक्रिय महिला सहभागिता हुनुपर्नेछ । त्यस्तै २१ देखि ४० वर्ष उमेर समूह र कम्तिमा पनि २ वर्ष बिजनेस सञ्चालन भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

इच्छुक युवा उद्यमीले यहाँ क्लिक गरी आवेदन दिन सक्ने छन् । आगामी फेब्रुअरी १५ सम्ममा अनलाइन आवेदन दिन सकिने छ ।

उत्कृष्ट १० टिमले ५ लाख रूपैयाँ सिड फन्डिङ पाउने छन् भने आफ्नो आईडियालाई बलियो बनाउने अवसर पाउने छन् ।