कीवर्डहरू -

आज टेलिकमको भीओएलटीई कल निःशुल्क

आज टेलिकमको भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार अर्थात आज निःशुल्क भीओएलटीई कल सुविधा दिएको छ । माघ २२ गते शनिबार २४ सैं घन्टा भीओएलटीई कल निःशुल्क हुनेछ ।

*४४४# डाउनलोड गरेर आफ्नो मोबाइलमा भीओएलटीई सेवा एक्टिभेट गर्न सकिने छ । भीओएलटीई सेवा प्रयोग गर्नका लागि सिम र मोबाइल दुबैले भीओएलटीई सपोर्ट गर्नुपर्ने हुन्छ ।

निःशुल्क भीओएलटीई कल सेवा नेपाल टेलिकमको नेटवर्कभित्र मात्रै लागु हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले शनिबार आफ्नो १८ औं वार्षिकोत्सव मनाइरहेको छ ।