कीवर्डहरू -

नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच

नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच

डिजिटल वालेट नमस्ते पेबाट नेपाल टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ । हरेक पटकको एनटी टपअपमा १० प्रतिशत क्यासब्याक पाइने नमस्ते पेले जनाएको छ ।

रिुचार्ज ५० रूपैयाँ वा सोभन्दा माथिको गर्नुपर्नेछ । नमस्ते पेबाट टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याकसँगै स्मार्टवाच जित्ने अवसर पनि रहेको छ । रिचार्ज गर्दा हरेक हप्ता १ जनाले एमआई लाईट स्मार्ट वाच पाउने छन् ।

नमस्ते पे नेपालको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको संस्थाको हो । पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट हो ।

नमस्ते पेबाट वालेटमा रकम पठाउन, रिचार्ज गर्न, विद्युत, खानेपानीको बिल तिर्न सकिन्छ । थप सेवा पनि यसमा आवद्ध हुँदै जाने कम्पनीले जनाएको छ । नमस्ते पेको मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्न सकिने छ ।