कीवर्डहरू -

के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा

के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा

क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको रिचार्ज सकिएमा यो सेवा प्रयोग गर्न सकिने छ ।

घरमा भएको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो तर तत्काल तिर्नलाई तपाईसँग पैसा छैन् वा घरबाहिर हुनुहुन्छ भने यो सुविधा उपयोगी हुनेछ । क्लासिक टेकको मोबाइल एपबाट सापटी सेवा प्रयोग गर्न सकिने छ ।

रिचार्ज गरेपछि सापटी सेवाबाट लिएको सुविधा काटिने कम्पनीले जनाएको छ । ६ महिना र १२ महिनाको सेवा लिएका ग्राहकले शुरूमा ४ दिन र त्यसपछि ३ दिन गरी ७ दिन सम्म सापटी सेवा प्रयोग गर्न सक्ने छन् ।

त्यस्तै २ महिना र ३ महिनाको सेवा लिएका ग्राहकले शुरूमा २ दिन र त्यसपछि १ दिन गरी ३ दिनसम्म सापटी सेवा लिन सक्नेछन् । साथै एक महिनाको सेवा लिएका ग्राहकले २ दिनको रिचार्ज सापटी पाउनेछन् ।

क्लासिक टेक नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी हो । क्लासिक टेक देशभरका ७४ जिल्लामा फैलिएको छ । हाल कम्पनीले १५० देखि १ हजार एमबीपीएससम्मको इन्टरनेट वितरण गर्दै आएको छ ।