कीवर्डहरू -

४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अन्य ठाउँमा पनि विस्तार गर्ने लक्ष्य

४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अन्य ठाउँमा पनि विस्तार गर्ने लक्ष्य

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गर्ने भएको हो ।

हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको हो ।

नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो ।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ ।

हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमाबाइल उत्पादक मध्ये हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौँ ग्राहकहरुको मन जित्न सफल भएको छ ।