कीवर्डहरू -

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क

एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहकहरूले ५ वर्षसम्म विभिन्न सेवा निःशुल्क पाउने भएका छन् ।

बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा प्रदान गर्ने व्यवस्था गरेको छ ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने छन् ।

यस योजना अन्तर्गत ५ वर्षसम्म मोबाइल बैंकिङ, डेबिट कार्ड, इन्टरनेट बैंकिङ, प्रिपेड डलर कार्ड, डिम्याट तथा मेरो शेयर, चेक क्लियरिङ, आरजीटीएस, आईपीएस/सीपीएस/फण्ड ट्रान्सफर, ई-कमर्श, एटीएम शुल्क, स्वाइप इन स्वाइप आउट लगायतका सेवा निःशुल्क उपलब्ध हुनेछन् ।

खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।

उपरोक्तानुसारको सबै थप सुविधा/फाईदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोलि सकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने छन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा SB टाइप गरी ३४८८ मा एसएमएस पठाउन सकिने बैंकले जनाएको छ ।