कीवर्डहरू -

कसरी सफल बनाउने स्टार्टअप ? 

कसरी सफल बनाउने स्टार्टअप ? 

अहिले नेपालमा पनि आफ्नै ‘स्टार्टअप’ शुरू गर्ने युवाहरूको जमात बढेको छ । केहीले योजना बनाएर स्टार्टअप शुरू गर्छन् भने केही अरूको देखेर ।

सन् २०२० का अनुसार स्टार्टअपको फेलिएर रेट ९० प्रतिशत छ अर्थात १० वटा स्टार्टअपमा ९ वटा स्टार्टअप असफल हुन्छ र बाँकी एउटा स्टार्टअप मात्रै सफल हुन्छ ।

तर यसो भनिरहँदा तपाईले शुरू गरेको स्टार्टअप फेल हुन्छ भनेको होइन । राम्रोसँग योजना बनाएर स्टार्टअप शुरू गर्नुभएको छ भने तपाईको स्टार्टअप सफल हुन सक्छ ।

यदी तपाई स्टार्टअप शुरू गर्ने सोचमा हुनुहुन्छ भने आज हामी स्टार्टअप कसरी शुरू गर्ने र सफल बनाउने बारे जानकारी दिदैछौं ।

१. मिहिनेती हुनुपर्छ

राम्रो स्टार्टअपका लागि धेरै मिहिनेत चाहिने गर्दछ । यसलेनै सफलताको मार्गमा राम्रो तरिकाले लाग्न सकिन्छ । त्यस कारण आफुलाई रुची लागेको विषयमा व्यवसाय सुरु गर्नुपर्छ, जसले गर्दा त्यसमा मिहिनेत गर्नका लागि पनि प्रोत्साहन मिल्ने गर्दछ ।

२. राम्ररी योजना बनाएर मात्रै सुरु गर्ने

कुनै पनि नयाँ प्रोजेक्ट हतारिएर सुरु गर्नु हुँदैन् । भविष्यका लागि पनि उपयुक्त योजना बनाएर मात्रै कुनै पनि कामका लागि अघि बढनुपर्ने हुन्छ । यसमा दुबै सर्ट टर्म र लंग टर्म योजना पर्छन् ।

प्राथमिक चरणमा के के गर्न चाहेको र कसरी गर्न चाहेको भन्ने बारे छलफल गर्नुपर्छ । त्यसपछि लामो समयका लागि पनि स्टार्टअपलाई कुन तरिकाले राम्रो बनाउँदै लाने भनेर योजना बनाउनुपर्ने हुन्छ ।

भविष्यमा तपाईले बनाएको योजना परिवर्तन नै गर्न मिल्दैन भन्ने पनि हुँदैन् । त्यसलाई समय अनुसार परिमार्जित गर्दै अघि बढन सकिन्छ ।

३. नेटवर्किङ बनाउन सुरु गर्ने

प्रोफेसनल नेटवर्किङ बनाउनु एकदमै महत्वपूर्ण हुने गर्दछ  । व्यवसायिक नातामा अरुसँग सम्बन्ध विस्तार गर्नु एकदमै महत्वपूर्ण हुन्छ । मान्छेहरको बिचमा पनि आफ्नो पहुँच अझै बढाउन सकिन्छ ।

\"\"

अहिले ८८ प्रतिशत उपभोक्ताले अरु ग्राहकको रिभ्यू हेरेर नै कुनै पनि कुरामा विश्वास गर्ने गर्दछन् । धेरै जनासँग सम्बन्ध राख्यो भने एक कान दुई कान हुँदै मैदान भनेझैँ धेरैजनाले तपाईको व्यवसायको बारेमा थाहा पाए भने अझै विकास हुँदै जान्छ ।

४. स्टार्टअप आईडियालाई जाँच गर्नुहोस्

कुनै पनि स्टार्टअपलाई विचारबाट वास्तविकतामा लैजानु अघि त्यो कतिको भरपर्दो र दिगो छ भनेर थाह पाउनु एकदमै महत्वपूर्ण हुन्छ । यसो नगर्दा तपाईको समय र पैसा मात्रै खर्च हुन्छ र सफलता हात नलाग्न पनि सक्छ ।

त्यस कारण तपाईले आफ्नो मिल्ने साथी, नातागोता आदिको बिचमा आफ्नो स्टार्टअप आईडिया साटेर कतिको बजारमा राम्रो गर्न सक्ला यसले भन्ने खालको छलफल गर्नुपर्ने हुन्छ ।

यो तपाईले पूर्ण रुपले स्टार्टअपमा लाग्नु अघिको एक प्रकारको जाँच पनि हो र तपाईको व्यवसायिक क्षेत्रका लागि मान्छेहरुबाट सुझाव लिने अवसर पनि हो । यसले तपाईको आफ्नो सोचमा नपुगेको कुराहरु पनि बुझ्नलाई सहयोग पुर्‍याउनेछ ।

५. उपयुक्त मान्छेहरुसँग निकटता राख्ने

तपाईले जुन स्टार्टअप सुरु गर्न लाग्नुभएको छ, त्यही क्षेत्रमा ज्ञान भएका विज्ञहरु वा त्यही खालको स्टार्टअप सुरु गरेर व्यवसाय गरिरहेकोहरुसँग निकट सम्बन्ध राख्दा आवश्यक सरसल्लाह र सहयोग प्राप्त गर्न सजिलो हुन्छ ।

त्यस्तै त्यही क्षेत्रको मान्छे भेट्दा आफ्नो वर्किङ टिममा पनि उनीहरुलाई जोड्न सकिन्छ । सफल व्यवसायका लागि काम गर्ने राम्रो टिम हुनु एकदमै आवश्यक हुने गर्दछ ।

तपाईले राम्रो टिम पाउनुभयो भने तपाईले कल्पना गरेको भन्दा धेरैगुणा बढी राम्रो परिणाम पाउन सक्नुहुन्छ । त्यस कारणले कर्मचारी राख्दा एकदमै सजग भएर राख्नुपर्ने हुन्छ ।

स्टार्टअपमा तपाईले सबैजना सहभागी हुन मिल्ने सकारात्मक कर्पोरेट अभ्यासको विकास गर्नुपर्ने हुन्छ । कर्मचारीलाई सँगसँगै लिएर हिडँदा धेरै उचाई हासिल गर्न सकिन्छ ।

६. काम र दैनिक जीवन बिचमा राम्रो सन्तुलन राख्ने

काम र दैनिक जीवन बिचमा राम्रो सन्तुलन स्थापना गर्न सकेमा पनि व्यवसायमा राम्रो गर्दै जान सकिन्छ । स्टार्टअप तपाईको आफ्नै उत्पादन हुने भएकाले जतिखेर पनि त्यसैमा भुलिरहन मनलाग्ने गर्दछ तर समय मिलाएर आफ्नो दैनिक जीवनलाई पनि समय दिनुपर्छ ।

स्टार्टअपमा मात्रै लागिरहयो भने एकाहोरो भएर नयाँ इनोभेटिभ आईडियाहरु आउन अप्ठयारो हुनसक्छ । समयसमयमा रिफ्रेस भईरहेमा नयाँ स्फूर्तिका साथ काम गर्न रमाइलो हुन्छ ।

\"\"

कामलाई छोडेर विभिन्न मनोरञ्जनात्मक र परिवारसँग समय बिताएर काम गर्दा कामको दबाब कम पर्ने गर्दछ । तपाई नहुँदा पनि राम्रो टिम भएमा व्यवसाय चलिरहन्छ त्यसैले कहिलेकाहीँ आफूलाई पनि समय दिनुहोस् ।

७. राम्रो व्यवसाय योजना बनाउनुहोस्

स्टार्टअपको एकदमै महत्वपूर्ण पक्ष भनेको राम्रो योजना बनाउनु पनि हो । यसका लागि व्यवसायलाई राम्ररी संरचना, सञ्चालन, कोष र दीगो समयसम्म चल्ने गरी योजना बनाउनुपर्ने हुन्छ । आफू राम्ररी तयार भएमा मात्रै स्टाटर्अपलाई अझै राम्रो बनाउन सकिन्छ ।

धेरैजसो सफल व्यवसायका सिईओहरुले बजारमा आउनुअघि आफ्नो प्रतिस्पर्धी, बजारको मूल्य, आफ्नो प्रडक्ट वा सेवाको माग जस्तो विषयमा गहिरो अध्ययन गरेका हुन्छन् ।

८. लक्ष्य बनाउनुस्

सफलताका लागि कुनै निश्चित लक्ष्य हुनु एकदमै महत्वपूर्ण हुन्छ । स्टार्टअप राम्रो बनाउन तपाईको एकाग्रता क्षमताको विकास गर्नुपर्ने हुन्छ ।

आफूले गर्नुपर्ने कुरामा एकदमै ध्यान दिन सकेमा स्टार्टअपमा राम्रो गर्न सकिन्छ । मिहिनेतले गर्दा सफलता हासिल हुने हुँदा एउटा लक्ष्य बनाएर त्यसमा एकाग्र भएर लागेमा पक्कै पनि सफलता हासिल हुनेछ ।

९. अरुभन्दा केही भिन्न गर्नुहोस्

तपाईले स्टार्टअपमा राम्रो गर्नलाई पछिल्लो ट्रेण्डहरुसँग अवगत रहनुपर्छ । अहिले नयाँ के भईरहेको छ भनेर बुझ्न नसकेर कति धेरै कम्पनी लोप पनि भएका छन् ।

सबै परिवर्तन तपाईलाई सान्दर्भिक हुन्छ भन्ने हुँदैन् तर तपाईलाई र तपाईको स्टार्टअपलाई फरक पार्ने कुराको बारेमा भने तपाई अवगत हुनु एकदमै आवश्यक हुने गर्दछ ।

१०. ग्राहकहरुसँग राम्रो सम्बन्ध राख्ने

व्यवसाय राम्रो गर्नु भनेकै तपाईको ग्राहक तपाईको कामसँग सन्तुष्ट भएको हो । आफ्नो ग्राहकहलाई खुशी पार्नु स्टार्टपका लागि एकदमै महत्वपूर्ण हुने गर्दछ ।

तपाँईले ग्राहकलाई निजीकृत कन्टेन्ट दिनुभयो भने ग्राहकले पनि यस कम्पनीले आफ्नो जस्तो मानेको बुझ्ने गर्दछन्, जसले गर्दा उनीहरु तपाईको व्यवसायसँग लामो समयसम्म जोडिन तयार हुने गर्दछन् ।

त्यस्तै ग्राहकहरुलाई प्रतिक्रिया र रिभ्यू दिन लगाउँदा पनि सकात्मक परिणाम देखिने गर्दछ । अरु ग्राहकहरुले पनि एक अर्काको रिभ्यूमा तपाईले भनेको कुरामा भन्दा बढी विश्वास गर्नेछन्  । एजेन्सीहरूको सहयोगमा