कीवर्डहरू -

चिप अभावका कारण उत्तर अमेरिकी प्लान्टलाई कम गाडी निर्माण गर्न फोर्डको आदेश

चिप अभावका कारण उत्तर अमेरिकी प्लान्टलाई कम गाडी निर्माण गर्न फोर्डको आदेश

चिप अभावका कारण फोर्ड कम्पनी पनि मारमा परेको छ । विश्वमा अहिले चिप अभाव हुँदा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै आएको छ । जसको असर फोर्डमा पनि देखिएको हो ।

फोर्डले उत्तर अमेरिकी प्लान्टलाई गाडीको निर्माणदर कम गर्न लगाएको छ ।  कोरोना महामारी बढेसँगै चिपको अभाव बढिरहेको छ, जसले गर्दा धेरै प्राविधिक कम्पनीहरुलाई समस्या पारिरहेको छ ।

चिप निर्माता कम्पनीले आफ्नो पूर्ण क्षमतामा चिप उत्पादन गर्दा पनि बजारको मागलाई धान्न सकिरहेका छैनन् । यही कारणले केही कम्पनीले चिप उत्पादन गर्न नयाँ प्लान्टसमेत निर्माण गरिरहेका छन् ।

यही चिप अभावको मारमा फोर्ड पनि परेको हो । ब्लुमवर्ग र द वाशिङटन पोष्टको रिपोर्ट अनुसार सेमिकण्डक्टर सप्लाई चेनले रिपोर्ट प्रकाशन गरेको छ, जसमा विश्वव्यापी चिप अभाव सन् २०२२ को दोस्रो भागसम्म रहिरहने बताइएको छ ।