कीवर्डहरू -

नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गर्न थालिएको छ ।

विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आईतबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ ।

अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको राहदानी विभागले जानकारी दिएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा शुरूवात हुने बताइएको छ ।

त्यस्तै यी बाहेका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइ रहेको र केही हप्ता भित्र सेवा संचालन गर्ने कार्यक्रम छ ।

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइसकेको छ ।

अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी रहेको विभागले जनाएको छ ।