कीवर्डहरू -

ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपोले एयर ग्लास सार्वजनिक गरेको छ । ओपो एयर ग्लासको निर्माण नवप्रबर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ ।

ओपोको विशिष्ट डिजाइन अवधारणामा आधारित एयर ग्लासमा वजनमा हल्कापना र सरल लुक्स दिन फ्रि-फ्लोइंग कर्भ्सको प्रयोग गरिएको छ । जम्मा ३० ग्राम नजिक वजन भएको ओपो एयर ग्लास उद्योगमै सर्वाधिक हल्का मोनोकल वेभगाइड उपकरण ओपोको दावी छ ।

मोनोकल वेभगाइड डिजाइनमा आधारित ओपो एयर ग्लास कालो र सेतो गरी दूई बैकल्पिक रंगमा उपलब्ध हुनेछ ।
ओपोद्वारा स्वविकासित एप्लिकेशन्सका साथै ओपो एयर ग्लासमा अन्य विभिन्न एप्लिकेशनहरु जस्तै वेडर, क्यालेन्डर, हेल्थ, टेलिप्रोम्प्टर, ट्रान्सलेशन र नेभिगेशन समेत ईन्स्टल्ड छन् ।

ओपो एयर ग्लासमा बाइडु वाक र बाइक नेभिगेशन एण्ड एक्स्प्लोर नियरबाई लगायत एप्लिकेशनको कस्टमाइजेशनका लागि ओपोले बाइडुसंग नजिक रही सहकार्य गरिरहेको छ ।

नेभिगेशनको सहायता मार्फत प्रयोगकर्ताले बाइक वा पैदल यात्राका लागि निर्देशनहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरी एक्स्प्लोर नियरबाईले प्रयोगकर्ताको अवस्थिती अनुसार नजिकका पसल वा आकर्षणहरुका बारेमा जानकारी सम्प्रेष्ति गर्छ ।

ओपो एयर ग्लासले बाइडु वाक र बाइक नेभिगेशन एण्ड एक्स्प्लोर नियरबाई लगायत एप्लिकेशनको कस्टमाइज्ड भर्जन सपोर्ट गर्छ ।

चाइनिज मेनल्याण्डका बजारमा ओपो एयर ग्लास सन् २०२२ को पहिलो त्रैमास भित्रै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । दूई कष्टम फ्रेम एक्सेसरिजका साथमा यो उपकरण कालो र सेतो गरी दूई रंगको विकल्पका साथ उपलब्ध हुनेछ ।