कीवर्डहरू -

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।

नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागु हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागु हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।

इसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । यसबाट विभिन्न सेवाको भुक्तानी अनलाइनबाट गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्ः इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी सहज

इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धिमा काम गर्ने