कीवर्डहरू -

रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ

रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ

सामसङका आगामी ग्यालेक्सी डिभाइसहरु रिसाइकल गरिएको माछा मार्ने जालोबाट निर्माण गरिने भएको छ ।फेब्रुअरी ९ मा सार्वजनिक हुने ग्यालेक्सी एस लाइनअपमा दुवै नयाँ र रिसाइकल गरिएको पदार्थ प्रयोग गरिनेछ ।

कम्पनीले समुद्य्रमा छोडिएको माछा जालको प्लास्टिकहरुलाई प्रयोग गरेर स्मार्टफोन बनाइरहेको खुलाएको छ । दुई दिन पछि घोषणा गरिने डिभाइस लाइनअपमा सूरमा यस्तो रिसाइकल गरिएको प्लास्टिक प्रयोग गरिनेछ र त्यसपछि सम्पूर्ण डिभाइस लाइनअप यस्तो सामाग्री प्रयोग गरिनेछ ।

समुद्र प्रदुषणमा हामीले प्लास्टिक बोटल वा अरु फोहोरलाई प्रमुख कारक भनठान्छौँ तर प्रदुषण गराउने कारकमा माइक्तोप्लास्टिक र फालिएको जाल हुने गर्दछ ।

हरेक वर्ष ६ लाख ४० हजार टन माछा मार्ने जालो समुद्रमै छोडिन्छ र यसले जलचरहरुका लागि निकै समस्या सिर्जना गरिरहेको छ । गत वर्ष समुद्रमा रहेको प्लस्टिकबाट सामसङले प्लास्टिक माउस पनि बनाएको थियो ।