कीवर्डहरू -

ओप्पो फाइण्ड एक्स फाइभ प्रो स्मार्टफोनको जानकारी लिक, के के हुनेछन् सुविधा ?

ओप्पो फाइण्ड एक्स फाइभ प्रो स्मार्टफोनको जानकारी लिक, के के हुनेछन् सुविधा ?

ओप्पोको आगामी फ्ल्यागशीप फोनको फिचर लिक भएको छ । विनफ्युचरले दिएको लिक सम्बन्धमा जानकारी अनुसार फाइण्ड एक्स फाइभ प्रो भनिने आगामी ओप्पोको फ्ल्यागशीप फोनमा स्नापड्रागन एट जेन वान प्रोसेसर प्रयोग गरिएको हुनेछ ।

यसमा १२ जिबी र्याम र २५६ जिबी इन्टरनल स्टोरेज हुन्छ । लिकको अनुसार यसमा ६.७ इन्चको एएमअओएलईडी डस्प्ले रहेको हुनेछ । विनफ्युचरले र फाइण्ड एक्स फाइभ प्रो ५ हजार एमएएच ब्याट्रीका साथमा आउने पनि पत्ता लगाएको छ र यसमा ८० वाट चार्जिङ हुनेछ ।

डिभाइसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र पछाडि पटि ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै वाइड एग्ंल क्यामेरा र १३ मेगापिक्सेलको टेलिफोटो क्यामेराका साथमा आउनेछ ।

ईमेज प्रोसेसिङका लागि डिभाइसमा म्यारिसिलिकन एक्सको प्रयोग गरिएको छ । विनफ्युचरको अनुसार यसको मूल्य १ हजार ३७५ डलर भन्दा बढि हुनेछ । यो फोन सुरुमा यूरोपमा उपलब्ध हुनेछ ।