कीवर्डहरू -

बालाजुमा पनि डिशहोम फाइबरनेटको सह-वितरण शोरूम

बालाजुमा पनि डिशहोम फाइबरनेटको सह-वितरण शोरूम

नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाण्डौं बालाजुको लोलङ हाईटमा पनि सह-वितरण शोरुमको सुभारम्भ गरेको छ ।

माघ २३ देखि डिशहोम फाईबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्ट्रोनिक ट्रेडर्सले गर्नेछ ।

सोरुम समुद्धघाटन डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सलिाकर र रवनि थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु ईलेक्त्रकि ट्रदेर्सले अब डिशहोम फाईबरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु ईलेक्ट्रोनिक ट्रेडर्सले अब अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने बालाजु ईलेक्ट्रोनिक ट्रेडर्सका संचालक मानव श्रेष्ठले जानकारी दिए ।