कीवर्डहरू -

यसरी गर्नुहोस् जीमेलमा च्याट पीन 

यसरी गर्नुहोस् जीमेलमा च्याट पीन 

गूगलमा महत्वपूर्ण गूगल च्याटहरु पीन गर्न सकिन्छ । यो बायाँ पटिमा रहेको नेभिगेसन बारबाट चलाउन सकिन्छ । यसले गर्दा महत्वपूर्ण च्याटहरु खोज्न अत्यन्तै सजिलो हुन्छ ।

यसमा वान-टू-वान या मल्टि यूजर च्याट दुवैलाई पीन गर्न मिल्छ । ठूलो च्याट रुमहरुलाई पनि पीन गर्न सकिन्छ । यसको लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथम गूगल च्याट या जीमेललाई साइन इन गर्नुपर्छ । त्यसपछि च्याट या रुमको कन्भरसेसनमा पोइन्ट गर्नुपर्छ ।

यति गरेर तीनओटा थोप्ला भएको र्भटिकल डटमा थिचेर त्यहाँ च्याट पीन गर्ने एउटा अपसन आउँछ । त्यसपछि त्यो अप्सनलाई थिचेर च्याट पीन गर्न सकिन्छ ।