यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले मा पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपमा उभ्याउन सफल भएको छ ।
रिपोर्टका अनुसार २०१७ मा एप्पलले २२ करोड ३० लाख आइफोन विक्रि गर्न सफल भयो यो सङ्ख्या उसले २०१६ मा विक्री गरेको २१ करोड १० लाख फोनहरु भन्दा बढि हो । यो सङ्ख्या एप्पलले यसै वर्ष सार्वजनिक गरेको आइफोन ८ , आइफान ८ प्लस र आइफोन एक्सको विक्री सङ्ख्या हाे ।
सामसुङ्गका आफ्ना हाइ–इन्ड फ्लागसिप फोनहरु ग्यालेक्सी एस ८ र नोट ८ दुवै को विक्रि सङ्ख्या जोड्दा समेत ३ करोड ३० लाख फोनहरु मात्र विक्रि हुन पुग्याे जनु सङ्ख्या आइफोनले विक्रि गरेको भन्दा झण्डै सात गुणा कम हो ।
यसैगरि दोस्रो नम्बरमा रहेको सामसुङ्गले ३ करोड ३० लाख फोनहरु मात्र विक्री गर्न सफल भयो । सामसुङ्गका आफ्ना हाइ–इन्ड फ्लागसिप फोनहरु ग्यालेक्सी एस ८ र नोट ८ दुवै को विक्रि सङ्ख्या जोड्दा समेत ३ करोड ३० लाख फोनहरु मात्र विक्रि हुन पुग्याे जनु सङ्ख्या आइफोनले विक्रि गरेको भन्दा झण्डै सात गुणा कम हो । यसका अलावा तस्रो नम्बरमा एमेजान इको डट , चौथोमा एप्पल वाच र पाँचौमा निन्टेन्डो स्वीच रहेका छन ।
यस बर्षको सर्वाधिक विक्री र्भएको टेक प्रोडक्टहरुको सूचीलाई हेर्दा एप्पले विक्री गर्न सफल फोनहरुको सङ्ख्या त्यस भन्दा चार स्थान तल रहेका प्रोडक्टहरु जोड्दा समेत बढी रहेको छ । यस वर्ष एप्पलले आफ्नो प्रोडक्ट अल्लेख्य रुपमा विक्रि गरेतापनि उसले २०१५ मा विक्रि गरेको फोनहरुको किर्तिमानी सङ्ख्या भने तोड्न सकेन । एप्पलले २०१५ मा २३ करोड मोवाइल फोनहरु विक्री गरेको थियो ।