कीवर्डहरू -

पिक्सेल थ्रिको अन्तिम सेक्युरिटी अपडेट सार्वजनिक

पिक्सेल थ्रिको अन्तिम सेक्युरिटी अपडेट सार्वजनिक

गूगलले पिक्सेल थ्रिका लागि आफ्नो अन्तिम सेक्युरिटी अपडेट सार्वजनिक गरेको छ । यसपछि पिक्सेल थ्रिमा अब कुनै पनि अपडेट आउने छैन् ।

यो अपडेट पिक्सेल थ्रिसँगै पिक्सेल थ्रि एक्सएलका लागि पनि उपलब्ध हुनेछ । भेराइजनमा पिक्सेल मोडेलहरुलाई लक्षित गरिएको हुँदा यो सेक्युरिटी प्याच सार्वजनिक गरिएको हो ।

यसले क्यामेरा प्रयोग गर्दा रिबुट हुने समस्यालाई पनि समाधान गर्ने गर्दछ । त्यस्तै ब्लुटुथ कनेक्ट गर्दा अआउने समस्या र क्वालिटीको समस्याहरुलाई यस अपडेटले समाधान गरेको छ । पिक्सेल सिक्सका लागि गूगलले अझै पाँच वर्ष सम्म अपडेट दिइरहने पनि बताएको छ ।