कीवर्डहरू -

आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना

आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना

गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई यूरोपले ३ खर्ब ४० अर्ब रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो ।

गूगलले यूरोपेली यूनियनको एन्टीट्रस्ट कानूनलाई नमानेको र यूरोपमा आफ्नै एकाधिकार जमाउन खोजेको यूरोपेली यूनियनको ठहर छ ।

गूगलले आफ्नो एकाधिकारलाई दुरपयोग गरेर धेरै फाइदा उठाउन खोजिरहेको कुरा पनि यूरोपेली यूनियनले गरेको छ । यसबारेमा गूगलको कुनै आधिकारिक विज्ञप्ति आएको छैन् ।