कीवर्डहरू -

कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने

कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने

कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने भएको छ । ग्यालेक्सी वाच फोर र ग्यालेक्सी वाच फोर क्लासिक दुवैमा नयाँ स्वास्थ्य र फिटनेश फिचरहरु हुनेछन् ।

वाचमा कस्टम इन्टरभल ट्रेनिङको फिचर पनि हुनेछ । त्यस्तै वाचमा स्लीप कोचिङ र बडी कम्पनेजिसन गोल राख्न मिल्ने सेटिङ्ग पनि रहेको छ ।  ग्यालेक्सी वाच फोर र ग्यालेक्सी वाच फोर क्लासिकमा पनि गूगल एसिस्टेन्टका लागि केही समय पर्खिनु पर्ने हुन्छ ।

पहिलेको स्मार्टवाचहरु स्लीप कोचिङमा त्यति राम्रो नभएको कारणले यस पालिको वाचमा भने सामसगंले प्रयोगकर्ताको क्रोनोटाइपलाई आठ ओटा बेग्लाबेग्लै कार्टुन जनावरमा वर्गीकरण गरेको छ ।

यसले तपाईको निन्द्राको प्याटर्नलाई एक हप्तासम्म ट्रयाक गर्ने गर्दछ र यो समयअन्तरालमा तपाईको निद्राको प्याटर्नबारे दुई ओटा सर्वेक्षण पनि सञ्चालन हुन्छ ।

कम्पनीको अनुसार यसपछि वाचले तपाईलाई आठ ओटा मध्य एउटा जनावर तोकिदिन्छ जसले तपाईको निद्राको प्याटर्नलाई प्रतिनिधित्व गर्नेछ ।

वाचले ४ देखि ५ हप्ते प्रोग्रामको अप्सन पनि दिन्छ, जसले तपाईको निन्द्राको गुणस्तरीयतालाई बढाउनमा मद्दत गर्नेछ ।

ग्यालेक्सी वाच फोर र ग्यालेक्सी वाच फोर क्लासिकमा थ्रि इन वान बायोसेन्सर पनि राखिएको छ, जसले तपाईको शरीरमा कति प्रतिशत फ्याट छ र कति प्रतिशत नन फ्याट छ भनेर बताउने गर्दछ ।