कीवर्डहरू -

सामसङ ग्यालेक्सी ट्याब एस एटको फिचर लिक, ११ हजार २०० एमएएचको ब्याट्री हुने 

सामसङ ग्यालेक्सी ट्याब एस एटको फिचर लिक, ११ हजार २०० एमएएचको ब्याट्री हुने 

सामसङको ग्यालेक्सी ट्याब एस एटको फिचरहरु लिक भएका छन् । दुई दिन पछि रहेको कार्यक्रमको प्रेस रिलिज लिक भएपछि ग्यालेक्सी ट्याब एस एटको फिचरहरु बाहिरिएका हुन् ।

एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ नुन स्नापड्रागन ८ जेन १ चिप हुनेछ । यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट हुनेछ ।

क्यामेराले फोर के भिडियो रेर्कडिङलाई सपार्ट गर्नेछ । ग्यालेक्सी ट्याब एस एटमा १२.४ १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहनेछ र ग्यालेक्सी ट्याब अल्ट्रामा १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहनेछ ।

यसमा फिगंर प्रिन्ट सेन्सर पनि रहनेछ । ग्यालेक्सी ट्याब र ग्यालेक्सी ट्याब अल्ट्रामा एसपेन सपोर्ट पनि रहनेछ ।

ग्यालेक्सी ट्याब अल्ट्रा ११ हजार २०० एमएएचको ब्याट्रीसँग उपलब्ध हुनेछ । त्यस्तै ग्यालेक्सी ट्याब ८ हजार एमएएचको ब्याट्री र ग्यालेक्सी ट्याब प्लस १० हजार ९० एमएएचको ब्याट्रीसँग उपलब्ध हुनेछ ।