कीवर्डहरू -

क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन

क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले जनचेतामूलक तथा वित्तिय साक्षरता सम्बन्धि सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा संलग्न नहुन आह्वान गरेको हो ।

क्रिप्टोकरेन्सीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबारमा वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको जानकारी आएको राष्ट्र बैंकले जनाएको छ ।

छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आह्वान गरेको छ ।

यस्तो छ राष्ट्र साक्षरता सम्बन्धि सामग्री