कीवर्डहरू -

महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान

महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान

डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको  छ ।  महेन्द्रनगर सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ ।

महेन्द्रनगरमा डिशहोम तथा डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एसके लाईट हाउस, अत्तरियाका उग्रतारा बिजुली भण्डार, धनगढीको लामा ट्रेडर्स, महेन्द्रनगरको केपी ईन्टरप्राईजेज, पुनर्बासको अधिकारी ईलेक्ट्रोनिक र आर्या ईलेक्ट्रोनिकलाई  उपहार स्वरुप एक/एक थान ल्यापटप प्रदान गरिएको छ ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन् । कार्यक्रममा  कैलाली  र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर  दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा  विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ । कम्पनीका अनुसार डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस नि:शुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।