कीवर्डहरू -

 आगामी आर्थिक वर्षमा डिस होमको आइपिओ

डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा

 आगामी आर्थिक वर्षमा डिस होमको आइपिओ

नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा श्री हेमराज ढकाल ज्यूको अध्यक्षतामा यहि पौष २६ गते सम्पन्न भएको छ ।

सो साधारण सभाले आगामी आर्थिक बर्षमा क्ष्एइ जारि गर्ने निर्णय गरेको छ ।  कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । 


साधारण सभाले यस अघिकै संचालक समिति लाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा श्री हेमराज ढकाल चयन हुनुभएको छ । 


नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । 


स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।