कीवर्डहरू -

भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य

भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य

डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ ।

सौम्या बसु, भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजरले भने, “विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट  गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुन सक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।

हामी यी हेरचाह खोज्नेहरूलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न उनीहरूको भिजा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न सक्षम भएकोमा कृतज्ञ छौं।”

वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका १०० ओटा सम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ ।

वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक  व्यवस्था उपलब्ध गराउन मद्दत गर्नेछ ।

यो साझेदारीले भिसा कार्डधारकहरूलाई भारतमा वैदम  प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रिया सहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १० प्रतिशत सम्म छुट प्रदान गर्दछ।

वैदम हेल्थका सह–संस्थापक पंकज चन्द्रका अनुसार भारतीय डाक्टर र अस्पतालहरूले प्रदान गर्ने व्यावसायिकता र गुणस्तरीय चिकित्सा सेवामा अथाह विश्वास राखेर स्वास्थ्य सेवा खोज्ने बिरामीहरू वर्षौंदेखि नेपालबाट भारत यात्रा गर्दै आएका छन्।

वैदमले झण्डै ६ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेका छन्, अब विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरू मध्ये एक  भिजासँग साझेदारी गर्न पाउँदा गर्व लागेको छ  र सबै भिसा कार्डधारकहरूलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गर्न पाउँदा उनलाई गर्व लागेको छ ।

एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्ड मार्फत भुक्तानी गर्न रोज्न सक्नुहुन्छ ।

भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ ।

अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न,  बिरामी वा हेरचाहकर्ताहरूलाई  बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ ।

भिजा र वैदम बीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।

यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ । अफरका अन्य सर्तहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।