कीवर्डहरू -

यसरी गर्नुहोस् ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा कम डेटा खपत

यसरी गर्नुहोस् ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा कम डेटा खपत

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाईदिएको छ । एक अर्कासँग सम्पर्क राख्नका निम्ति हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।  ह्वाट्सएपको प्रयोगकर्ता पनि नेपालमा निकै बढ्दै गएको पाइन्छ ।

आज यही कुरालाई मध्यनजर गर्दै हामी ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपतलाई कसरी कम गर्ने भन्नेबारे छलफल गर्नेछौँ । यसका लागि तपाईको ह्वाट्सएप पछिल्लो भर्सनमा अपडेट भएको हुनुपर्छ ।

सर्वप्रथम आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुपर्छ । त्यसपछि माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिचेर सेटिङ्गमा थिच्नुपर्छ ।

यति गरेर स्टोरेज एण्ड डेटा भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि त्यहाँ युज लेस डेटा फर कल्स भन्ने अपसनमा गएर टगल अन गर्नुपर्छ जसले गर्दा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कम हुने गर्दछ ।