कीवर्डहरू -

स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी

स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ ।

स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे दिएको अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी, क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको जानकारी दिए ।

उनले भने, ‘अलिकति दायाँबायाँ गरेर वा धाँधली गरेर चुनावलाई प्रभावित गर्ने सोच अब त्यागे हुन्छ ।’ उनले ती सबै दृश्य निर्वाचन आयोगमा ल्याउने गरी योजना बनाइएको बताए ।

देशभरि करिब २३ हजार पाँच सय मतदान केन्द्र रहने छन् । सबै केन्द्रमा दृश्य लिने व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले प्रष्ट्याए ।

आयोगले मतदानका क्रममा हुन सक्ने घटना वा मतदानपछि विश्वसनीयतालाई लिएर कुनै सबाल उठे कैद गरिएको दृश्यलाई सहयोगी सामग्रीका रूपमा लिएर आवश्यक निर्णय लिने तयारी गरेको छ । गोरखापत्र