कीवर्डहरू -

सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन सार्वजनिक

सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन सार्वजनिक

सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस २२ सार्वजनिक गरेको छ । सामसङले अनप्याक्ड इभेन्ट आयोजना गरेर नोट सिरिजको पछिल्लो भर्सन सार्वजनिक गरेको हो ।

सामसङ्ग ग्यालेक्सी डिभाइसको सर्वाेत्कृष्ट फिचरहरुलाई सकंलन गरेर यो पालिको डिभाइसको निर्माण गरिएको कम्पनीको भनाइ छ ।

फोनमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा  तीन ओटा रियर क्यामेरा रहेको छ, जसमा ५० एमपीको वाईड, १२ एमपीको अल्ट्रा वाइड र १० एमपीको टेलिफोटो लेन्स रहेका छन् ।

एस २२ ६.१ इन्चको रहेको छ र एस २२ प्लस ६.६ इन्चको रहेको छ । यसमा आठ जिबी र्याम हुने गर्दछ र फोनको स्टोरेज १२८ जिबी र २५६ जिबीको स्टोरेज भर्सनमा उपलब्ध हुनेछ ।

एस २२ मा ३७०० एमएएच ब्याट्री हुने गर्दछ र एस २२ प्लसमा ४५०० एमएएच ब्याट्री हुने गर्दछ । फोनमा स्नापड्रागन एट जेन वान चिप प्रयोग गरिएको छ । फोनमा एन्ड्रोइड १२ प्रयोग गरिएको छ ।

यो फोन पनि सामसङ्ग ग्यालेक्सी एस २१ अल्ट्राकै मूल्यमा उपलब्ध हुने भएको छ । ग्यालेक्सी एस २२ सिरिजको ९६२ अमेरिकी डलर बाट सुरु हुने भएको छ ।

ग्यालेक्सी एस २२ प्लसको ११८८ डलर पर्नेछ र ग्यालेक्सी एस २२ अल्ट्राको ८ जीबी भर्सनको १४१५ डलर पर्नेछ । त्यस्तै १२ जीबी र्याम भएको एस २२ अल्ट्राको १५२८ डलर पर्नेछ ।

सिरिजको धेरैजस्तो फोनको र्याम ८ जीबीनै रहेको छ । एस २२ अल्ट्रा मात्रै ८ जीबी र १२ जीबी र्यामका साथमा उपलब्ध हुनेछ ।

यो फोन सुरुमा यूरोपका लागि उपलब्ध हुनेछ । फेब्रुअरी २५ देखि कम्पनीले एस सिरिजको प्रिअर्डर पनि सुरू गरेको छ ।