कीवर्डहरू -

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस २२ सिरिज र ट्याब एस एटले चार वर्ष सम्म एन्ड्रोइड ओएस अपडेट दिने बताएको छ ।

यो नीतिमा एस २१, जेड फोल्ड थ्री, जेड फ्लीप थ्री पनि संलग्न रहेका छन् । एन्ड्रोइड फोन निर्माताहरु मध्य यो सबैभन्दा लामो समय अपडेट प्रदान गरिने भएको हो ।

गूगलले पनि पिक्सेल फोनमा तीन वर्षसम्म मात्रै अपडेट दिने बताएको छ । एप्पलमा भने  सामसङ भन्दा एक वर्ष बढि रहेको छ । एप्पलले पाँच वर्षसम्म सेक्युरिटी अपडेट दिने गर्दछ ।