कीवर्डहरू -

वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट

वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको छ । वाईफाई सिक्स राउटरसँगै डिशहोमले मेगाफाई अन्तर्गत ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको हो ।

वाईफाई सिक्स राउटर र मेस नोड्ससहित यो मेगाफाई सार्वजनिक भएको छ । वाईफाई सिक्स राउटरमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिएको छ ।

कम्पनी अनुसार फाइभजी राउटरभन्दा वाईफाई सिक्समा इन्टरनेट स्पीड चारगुणा फास्ट हुनेछ । डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले वाईफाई सिक्स राउटरसँगै ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज पनि सार्वजनिक गरेको बताए ।

वाईफाई सिक्स नेपालमै पहिलो पटक डिशहोमले सार्वजनिक उनले जानकारी दिए । यसमा ४० जनाले ढुक्कसँग इन्टरनेट चलाउन सक्ने छन् । मेगावाईफाई विश्वविद्यालय, कलेज र अस्पताल जस्ता मानिसको बढी चाप हुने ठाउँमा अझ उपयुक्त हुने कम्पनीले जनाएको छ ।

वाईफाई सिक्स राउटरमा भएको एआई प्रविधिले कुन एप चल्न कति ब्याण्डविथ चाहिन्छ त्यसलाई पहिचान गरेर ब्याण्डविथ प्रदान गर्ने सापकोटाले आइसिटी समाचारसँगको कुराकानी बताए । मेगाफाई वाईफाई गेम खेल्नलाई झनै उपयुक्त हुने उनको भनाइ छ ।

डिशहोम फाइबर नेटको ३०० एमबीपीएसको इन्टरनेटको मासिक शुल्क १ हजार ७९९ रूपैयाँ तोकिएको छ । साथै ३ महिनाको ५ हजार १९९, ६ महिनाको १० हजार ९९९ र १२ महिनाको १९ हजार ९९९ रूपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै ६०० एमबीपीसको मासिक शुल्क २ हजार ९९९ रूपैयाँ तोकिएको छ । साथै ३ महिनाको ८ हजार ८८९, ६ महिनाको १६९९९ र १२ महिनाको २९९९९ रूपैयाँ शुल्क तोकिएको छ ।

यी इन्टरनेट प्याकेज खरिदमा टिभी र वाईफाई सिक्स राउटर पाइने छ । त्यस्तै इन्टरनेटको जडान शुल्क समेत लाग्नेछ तर यदी तपाईले १२ महिनाको प्याकेज खरिद गर्नुभयो भने जडान शुल्क लाग्ने छैन् । साथै टिभीको पनि जडान शुल्क लाग्ने छ ।