कीवर्डहरू -

सामसङको ग्यालेक्सी ट्याब एस एट सार्वजनिक, सबैभन्दा छिटो चल्ने प्रोसेसरको प्रयोग 

सामसङको ग्यालेक्सी ट्याब एस एट सार्वजनिक, सबैभन्दा छिटो चल्ने प्रोसेसरको प्रयोग 

सामसङको ग्यालेक्सी ट्याब एस एट बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरिएको छ । एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ जुन स्न्यापड्रयागन ८ जेन १ चिप हो ।

ट्याबमा अहिलेसम्मै प्रयोग गरिएको मध्य सबैभन्दा छिटो चल्ने प्रोसेसर यसमा प्रयोग गरिएको हो । यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट पनि प्रयोग गरिएको छ । क्यामेराले फोर के भिडियो रेर्कडिङलाई सपार्ट गर्छ ।

ग्यालेक्सी ट्याब एस एटमा १२.४ इन्चको एएमओएलईडी स्क्रीन छ र ग्यालेक्सी ट्याब अल्ट्रामा १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहेको छ । यसमा फिगंर प्रिन्ट सेन्सर पनि छ ।

ग्यालेक्सी ट्याब र ग्यालेक्सी ट्याब अल्ट्रामा एसपेन सपोर्ट पनि छ । ग्यालेक्सी ट्याब अल्ट्रा ११ हजार २०० एमएएचको ब्याट्रीसँग उपलब्ध भएको छ ।

त्यस्तै ग्यालेक्सी ट्याब ८ हजार एमएएचको ब्याट्री र ग्यालेक्सी ट्याब प्लस १० हजार ९० एमएएचको ब्याट्रीसँग आउँछ । ट्याबको प्रिअर्डर सुरु भईसकेको छ । तीन ओटा मोडेलको ७०० डलर, ९०० डलर र ११०० डलर पर्ने गर्दछ ।