कीवर्डहरू -

सिइएस २०१९ मा स्काइवर्थलाई ४ अवार्ड

सिइएस २०१९ मा स्काइवर्थलाई ४ अवार्ड

काठमाडौं । हाउसहोल्ड एप्लायन्स इन्डस्ट्रीमा काम गर्ने कम्पनी स्काइवर्थले अमेरिकास्थित लस भेगस भ्यालीमा आयोजित सिइएस २०१९ मा ४ अवार्ड प्राप्त गरेको छ ।

को कम्पनीले सिइएसमा 2018-2019 Global CE Brands TOP 50, 2018-2019 TOP 10 CE Brands, and 2018-2019 Global TV Brands TOP 10 गरी ४ अवार्ड पाएको हो ।

यसले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ । घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएसमा नँया उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको थियो ।

यसले 65S9A/XA9000 लागि प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवार्ड” पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ । यसमा शक्तिशाली एत्त प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अद्भुत अनुभव सिर्जना गर्छ ।

65S9A/XA9000 बाहेक स्काईवर्थले सीईएसमा थुप्रै नयाँ उत्पादन तथा प्रविधिहरु भित्र्याएको छ । स्काईवर्थले ८२ इन्च फ्लश माउन्ट टिभी, ६५ इन्च क्वासी पिक्सेल ब्याकलाइट टिभी ल्याएको छ ।

स्काईवर्थले  गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ ।

“ओपन, शेयर, ह्वीइन–ह्वीइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ  । यो नेपालमा मात्र नभएर विश्वव्यापी ग्राहकहरुका लागि विश्वासनीय र भरपर्दो उत्पादन रहेको छ ।