कीवर्डहरू -

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फछ्र्योट क्षेत्रमा सहकार्य निम्ति सम्झौता भएको छ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रकाश भुजु र कामना बैंकका सीईओ प्रवीण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्थाले यो सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने लिएका छन् ।

सम्झौता पश्चात टेक्नोलोजिज र बैंकबीच एससीटी–यूपीटी डेबिट कार्ड, स्मार्टक्यूआर, एससीटी एनपेजस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने पनि जानकारी दिएको छ ।

साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस र ई–कमर्शजस्ता सेवा पनि सजिलै लिन सक्नेछन् ।