कीवर्डहरू -

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६ हजारसम्मको स्युरसर्ट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।