कीवर्डहरू -

विभागको निष्कर्ष : स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय छैन

विभागको निष्कर्ष : स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय छैन

काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ ।

कम्पनीले करिब ४ लाख कार्ड छापेपछि विभाग अब आफ्नै मेसिनमार्फत कार्ड छाप्ने योजना बनाउँदैछ । विभागका महानिर्देशक लावण्य ढकाल एकपटक म्याद थप्दा मालिकाले ३ लाख ६० हजार भन्दा बढी कार्ड छापेको बताउँछन् ।

ढकालले मालिकामार्फत भएको छपाइको काम सोचेअनुरुपको गुणस्तरीय नभएको स्वीकारे । तर, लाइसेन्सको अभाव टार्ने विकल्प सरकारसँग नभएकाले यसले पनि राहत नै दिने उनको भनाइ छ ।

स्मार्ट लाइसेन्सको गुणस्तर पनि कमजोर छ । यसका बाबजुद अर्को लाइसेन्स नआएकाले सेवाग्राही त्यही लाइसेन्स लिन बाध्य छन् । त्यो पनि समयमै पाइँदैन । हाल ४ लाख बढी सेवाग्राही लाइसेन्सको प्रतीक्षामा छन् ।

लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा पनि हात पर्न मुस्किल छ ।

अब मालिकाले प्रिन्ट गरेको ‘स्मार्ट लाइसेन्स’लाई प्लास्टिकको लेमिनेशन गरेर बाँडिँदैछ । मालिकाले यसअघि जस्तो ‘लेजर प्रिन्ट’ गरेको होइन् । उसले करिब ४ लाख लाख स्मार्ट लाइसेन्स ‘थर्मल प्रिन्ट’ गरेको हो ।