कीवर्डहरू -

सेक्युरिटी समस्या समाधान गर्न आईओएस र म्याकओएसको पछिल्लो अपडेट सार्वजनिक

सेक्युरिटी समस्या समाधान गर्न आईओएस र म्याकओएसको पछिल्लो अपडेट सार्वजनिक

एप्पलको पछिल्लो आईओएस र म्याकओएस अपडेटले वेब सेक्युरिटी समस्या समाधान गरेको छ । एप्पलले हालैमा आईओएस १५.३.१, म्याक ओएस मोनटेरे १२.२.१ र वाच ओएस ८.४.२ अपडेट सार्वजनिक गरेको छ ।

वेबकिट सेक्युरिटी समस्यालाई ठिक गर्नका निम्ति याो सेक्युरिटी अपडेट सार्वजनिक गरेको हो । वेबसाईटहरुको बगले प्रयोगकर्ताको डिभाइसमा आरबिटरी कोड प्रयोग गर्नसक्ने हुँदा यो अपडेट सार्वजनिक गरिएको हो ।

धेरैजनाको प्रयोगकर्ताको डिभाइसमा यस्तो समस्या देखापरिरहेको थियो र समस्यालाई निर्मूल पार्न कम्पनीले प्याच सार्वजनिक गरेको हो ।

म्याक ओएस अपग्रेडले म्याकबुकहरुको ब्याट्री ड्रेन हुने समस्यालाई पनि ठिक गर्ने गर्दछ । एप्पलले सन् २०२२ मै सार्वजनिक गरेको यो तेस्रो अपडेट हो । आक्रमणकारीहरुलाई डेटा ब्रिच गर्ननदिन एप्पलले सक्दो प्रयास गरिरहेको छ ।