विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी डलर रणनीतिक लगानी गर्ने भएको छ । फोर्ब्स १०४ वर्ष पुरानो म्यागजिन र डिजिटल पब्लिसर हो ।
यो लगानीले फोर्ब्सलाई पब्लिकली ट्रेडेड स्पेशल एक्युजिसन कम्पनी एसपिएसीसँग मर्ज हुन मद्दत पुर्याउने बताइएको छ । यो लगानी पछि बाइनान्स फोर्ब्सको शीर्ष दुई स्थानको ठूलो मालिक बन्ने भएको हो ।
नौ जनाको बोर्ड सदस्य टोलीमा अब दुई जना क्रिप्टो कम्पनीका रहने छन् । फोर्बसले सन् २०१४ मा आफ्नो ९५ प्रतिशत स्टेक हङकङमा आधारित कम्पनी वेल मिडियालाई ४७५ मिलियन डलरमा विक्रि गरेको थियो । बाइनान्स सन् २०१७ मा चीनमा स्थापना गरिएको कम्पनी हो ।