कीवर्डहरू -

हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न

हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको बिजनेश प्लानिङमा पहिलो सेसन सफलतापूर्वक समापन भएको छ । दुई घण्टाको कार्यक्रममा ५० जना सहभागी भएका थिए ।

कार्यक्रममा सकंटा एजुकेशन एकेडेमीका सिईओ सुसन दङ्गोल अतिथी वक्ताको रुपमा थिए । प्रेजेन्टेशन स्लाईड मार्फत उनले व्यवसायिक विचार, स्टाफर संस्थाको व्यवस्थापन, आर्थिक योजना, मागमा रहेका स्टार्टअप जस्ता विषयमा छलफल गरेका थिए ।

उनले लगानीकर्ताहरुसँग आईडिया पिच कसरी गर्ने भनने बारे पनि छलफल गरेका थिए । क्यू एण्ड ए सेसन मार्फत उनले सहभागीहरुको उत्सुक्ताबारे पनि कुरा गरेका थिए ।

कार्यक्रमलाई क्याम्पस निर्देशक बिदुर प्रसाद लोहनीले सुसन दङ्गोललाई प्रमाणपत्र प्रदान गरेर अन्त्य गरिएको थियो ।