कीवर्डहरू -

अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ

अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ

प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने १९ वर्षीय उर्गेन टासी शेर्पा छन् ।

काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाइनमार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।