कीवर्डहरू -

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।

बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।

अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २६३ शाखारहित सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरि करिब ८५० केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

त्यसैगरी बैंकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा योगदान पुर्याएको छ ।