कीवर्डहरू -

\'टुटल\' र \'पठाओ\'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

\'टुटल\' र \'पठाओ\'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएको प्रति चासो व्यक्त गर्दै टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन दिएका छन्।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन् ।

प्रम ओलीले भने, ‘मोटसाइकलको पछाडि बसेर साथी हिँड्यो कि श्रीमती हिँड्यो कि, झ्याप्पै रोकेर सोध्यो भने मान्छे नतर्सिने कुरै छैन ।  सरसल्लाहबिना यस्ता खालका आदेश वा निर्देशन फ्याट्ट फ्याट्ट नआउन्,  यो कहाँ–कहाँबाट भएको छ, साथीहरुले तुरुन्तै स्टप गर्नुहोला, के व्यवस्था गर्नुपर्छ पछाडि गरौँला ।’

उनले अब कानुन बनाउन सकिने सल्लाह दिँदै भने, ‘पछि के व्यवस्था गर्न सकिन्छ गरौँला, यो सम्बन्धमा कानुन हुनुपर्यो, व्यवस्था हुनुपर्यो, नत्र भने अवस्था भयावह हुन सक्छ ।’

यो साता ट्राफिक प्रहरीले हठात् टुटल र पठाओ जस्ता एपमार्फत् बाइक सेयरिङ गर्नेहरुलाई पक्राउ गरेर जरिवाना तिराउँदै आइन्दा यसो नगर्न सचेत गराएको थियो।

तस्बिर, स्रोत - टेकलेख