कीवर्डहरू -

आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान

आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान

सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार एक कार्यक्रम आयोजना गरी आफ्नो १५ औं वार्षिकोत्सव मनाएको हो ।

कम्पनीले देश तथा विदेशमा विभिन्न आईटी सेवाहरू प्रदान गर्दै आएको छ । कार्यक्रममा योङ माइन्ड्सका प्रबन्ध निर्देशक श्रीधर मरासिनीले आगामी दिनमा आइसिटी क्षेत्रमा अझ धेरै काम गर्दै जाने बताए ।

१५ वार्षिकोत्सवको अवसरमा कम्पनीले उत्कृष्ट ६ जना कर्मचारीलाई अवार्ड समेत प्रदान गरेको छ । वेबसाइट बनाउने कामबाट आफ्नो सेवा शुरू गरेको कम्पनीले अहिले सफ्टवेयर तथा मोबाइल एप डेभलपमेन्ट, होस्टिङ, ब्राण्डिङ तथा एडभरटाइजिङ, आईएस अडिट लगायतका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका संस्थापक प्रबन्ध निर्देशक अभिजित गुप्ताले अब नयाँ प्रडक्टसहित अगाडि बढ्न लागेको बताए । उनले वेब डेभलपमेन्टबाट शुरू भएको कम्पनीले अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा एजेन्सीका कामसँगै टेक सोलुसन प्रदान गरिरहेको बताए ।

नेपाल सरकारका विभिन्न संस्थाहरूलाई डिजिटाइज गर्न योङ माइन्ड्सको ठूलो योगदान रहेको छ । नेपाल सरकारका अधिकांश संस्थासँग मिलेर काम गरेको अनुभव समेत रहेको प्रबन्ध निर्देशक मरासिनीले बताए ।

योङ माइन्ड्स आईएसओबाट प्रमाणीत कम्पनी हो । कम्पनीले आईएसओ २७००१ र ९००१;२०१५ बाट मान्यता पाएको छ । कम्पनीले एशियन ओसियन कम्प्युटिङ उद्योग संगठनबाट सन् २०१७ र २०१८ मा आउटस्ट्यान्डिङ आईसिटी कम्पनीको रूपमा अवार्ड प्राप्त गरेको छ ।