कीवर्डहरू -

हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता 

हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता 

हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी हल्ट प्राइज आईओईले फाइनल समापन गरेको हो ।

बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक,भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा फाइनल सम्पन्न भएको आयोजकले जनाएको छ ।

फाइनलअघि अभिमुखीकरण कार्यक्रम, चार उद्यमशील शृङ्खला, दुई वर्कशप, दुई मेन्टरसिप सत्र आयोजना गरिएको थियो । फाइनलमा १८ टिम पुगेका थिए ।

हल्ट प्राइज आईओईका क्याम्पस निर्देशक विशाल वश्यालले हल्ट पुरस्कार २०२१/२०२२ को विषयलाई जोड दिए र पुरस्कारलाई भव्य बनाउन सँगै काम गर्ने सबैलाई बधाई दिएका थिए ।

बज्र टेक्नोलोजीका प्रमुख रणनीति अधिकारी श्रीयन सहभागीहरूलाई हालसम्मको प्रगतिको प्रशंसा गर्दै नतिजालाई वास्ता नगरी प्रत्योगिताभन्दा बाहिर नेतृत्व गर्ने वाचा गरेका थिए ।

भेर्टेक्स नेपालका परियोजना प्रबन्धक अशोक,  सामाजिक सुरक्षा तथा रोजगार मन्त्रालयका युवराज बस्नेत, इम्प्याक्ट नेपालकी बाहार कुमारले सबैलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा कुल १८ टोलिहरुले पिच गरेका थिए ।

कार्यक्रमका अतिथि सनुप पौडेलले डिजिटल प्लेटफर्मको विकाससँगै संगीतमा पनि परिवर्तन आएको बताए । त्यस्तै कार्यक्रमका दोस्रो अतिथि दिलभूषण पाठकले नेपालमा प्रेस स्वतन्त्रता भर्खरै सुरु भएको बेला पत्रकारको हैसियतमा आफ्नो अनुभव र कर्णालीबाट रिपोर्टिङ गर्दा आफ्नो जीवन परिवर्तन गर्ने अनुभव व्यक्त गर्दै जनताको दयनीय अवस्थाको साक्षी रहेको बताए ।

कार्यक्रममा आकाश खड्का, समीर श्रेष्ठ, ओएसिस थापा, संजोग कोइराला, अनिल केशरी शाह, रिचा शर्मा लगायतको उपस्थिति थियो । कोइरालाले आफ्नो सही समय पर्खनुको सट्टा कुनै पनि अवसरलाई सदुपयोग गर्न र सम्भावनाहरू अन्वेषण गर्न आग्रह गरे ।

कार्यक्रमका अन्तिम अतिथी मदनकृष्ण श्रेष्ठले मिथिला शर्मासँग काम गरेका दिनहरू स्मरण गरेका थिए । उनले आफ्नो जीवनकालको अभिनय साथी हरिवंश आचार्यलाई कसरी पहिलो पटक भेटेका थिए र आफू तथा आफ्नी श्रीमतीको भेटले आफ्नो जीवनलाई कसरी पूर्ण र सफल बनायो भन्ने कुराको स्मरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बज्र टेक्नोलोजीका सीइओ निशान्त कार्कीले ‘मेजरमि.एआई’ टिमलाई ‘बज्रा बेस्ट इन टेक’ अवार्डको विजेता घोषणा गर्दै इन्टर्नका लागि आमन्त्रित गरेका थिए । मदनकृष्ण श्रेष्ठले सेकेन्ड रनरअप टिम मुसुर र टिम मीम फर्स्ट रनरअप हुने टिमको घोषणा गरेका थिए ।

टिम मेजरमि.एआई लाई आईओइ २०२१/२२ मा हल्ट पुरस्कारको विजेता भएको थियो । विजेता टोलीलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन भएको थियो ।